वडालाई काेहलपुरकै नमुना वडा बनाउछु- अध्यक्षका उमेदवार थापा
कोहलपुर: नेकपा एमालेका तर्फबाट कोहलपुर नगरपालिका १४ नम्बरका वडा अध्यक्ष पदका उम्मेदवार ज्ञानेन्द्र थापाले आफुलाई भोट दिएर जिताए वडावासिलाई कृर्षिमा आत्मनिर्भर बनाइ सम्बृद्धि वडा बनाउने आफनो परिकल्पना रहेको बताएका छन्।

पुर्ब सरकारी जीवनबाट अबकास प्राप्त थापा जिल्लामै सामाजिक काममा सकृय रुपमा उदाएका ब्यक्तित्व समेत हुन । थापा पदमा नहुदा पनि आफ्नो ठाउँको जनताको सेवामा दिनरात खटिने उनी आफ्नो वडामा मात्र होइन बाँके जिल्लामा युवाहरु माझ निकै लोकप्रिय समेत रहेका छन ।
उन्ले प्राय वडाबासिको लागि आफुले वडाका कोही विरामी पर्दा औषधि उपचारदेखि मानवीय सेवा गर्दै आएको स्थानियबासिहरुको भनाइ रहेको छ। कोहलपुर १४ हवल्दारपुरमा अवस्थित श्री राम मा. वि.मा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका लगभग ८० जना विद्यार्थीहरुको लागि ड्रेस झोला, कपि किताब र उनीहरुको बर्षभरी लाग्ने शुल्क तिर्ने गरेको बिद्यालयले खबर क्युकलाई जनाएको छ ।
थापाले आफुले चुनाव जितेपछी पूर्ण जिम्मेवारी र जवाफदेहिता सहित, भ्रष्टाचार रहित गुणस्तरीय र प्रभावकारी जनसेवा दिने बताएका छन । उनले वडा भित्र भएका बिपन्न परिवारलाई नि शुल्क स्वास्थ शिक्षा उपलब्ध गराउने वडाका सबै घरमा स्वच्छ पानी पुर्याउने र पाटिले गरेका सबै प्रतिबद्धता पूरा गर्न आफु लागिपर्ने बताएका छन ।
वडामा रहेका किसानहरुको उत्पादन बृद्धिकालागि मल बिउ बिजन तथा अनुदानका बिशेष कार्यक्रम ल्याइ युवा उद्यमीहरुलाई कृषिमा लाग्न अभिप्ररित गर्ने थापाको योजना रहेको छ । साथै उन्को युवाहरुलाई उद्यमी बन्न अभिप्ररित गर्ने बिशेष प्याकेजको कार्यक्रम ल्याउन पहल गर्ने समेत आफनो सोच रहेको जनाएका छन ।




