काेहलपुर -१० मा एमालेकाे पक्षमा जनलहर छ- अध्यक्ष पदका उमेदवार रावत

नेकपा एमाले काेहलपुर १० को घरदैलो कार्यक्रममा एमालेको उमेदवार प्रति आकर्षित भएका छन ।घरदैलो कार्यक्रममा अधिकांश मतदाताहरुले एमालेको उमेदवारलाई जिताउने प्रतिवद्धता दिएको वडा अध्यक्षका उमेदवार हेम कुमार रावतले जानकारी दिए ।
काेहलपुर १० मा अघिल्लो स्थानीय तहमा विजयी भएकाहरुले वडाभित्र सोचेजस्तो बिकास नगरेको र मुलुकभरमा एमालेको सरकार र एमालेले विजयी हाँसिल गरेका वडाहरुले उल्लेख्य मात्रामा बिकास गरेकाले यो पटक वडा नम्बर १० मा एमालेको विकल्प नरहेको मतदाताहरुले वताएको समेत रावतले वताए । एमालेले वडा नम्बर १० बिकासप्रेमी उमेदवार भएकाले समेत मतदाताहरुको मन जित्न उमेदवारहरु सफल भएको समेत उनले बताए ।
त्यसैगरी घरदैलो कार्यक्रममा पुगेका वडा अध्यक्ष सहितका उमेदवारहरु समक्ष एमालेको सरकारले भुमिहिनको पक्षमा काम गर्न शुरु गर्दै गर्दा सरकार बिगठन भएकाले अहिलेको सरकारले आफुहरुको समस्या समाधानमा लाग्ने हो की नलाग्ने भन्ने अन्यौल भएका कारण अवको बिकल्प एमालेनै रहेको एक भुमिहिनले वताएका थिए ।
नेकपा एमाले काेहलपुर १० को घरदैलो कार्यक्रम सुन्दरटाेल,विद्यानगर ,आर सि टाेल लगाएतका स्थानमा पुगी घरदैलो कार्यक्रम सम्पन्न गरिएकाे थियाे।




