जनशक्ति, सवारी साधन तथा इन्धनकाे अभाव झेल्दै काेहलपुर प्रहरी

इलाका प्रहरी कार्यालय प्रयाप्त जनशक्ति आवश्यक जनशक्ति नहुदा प्रहरीबाट हुने सेवा प्रवाहमा समेत समस्या परेको छ। हाल इलाका प्रहरी कार्यालयमा १ सय ८ जना प्रहरी कार्यरत छन् ।


प्रयाप्त जनशक्ति नहुदा शान्तिसुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानको काममा मौजुदा जनशक्तिको अधिकतम प्रयोग गरेको इलाका प्रहरी कार्यालय काेहलपुरले स्थानिय निर्वाचनकाे दाैडान भने जनशक्तिको अभाव महसुस गरेको छ। आवश्यकता अनुसारको जनशक्ति पदपूर्ति नहुँदा प्रहरीलाई कठिन भएको हो ।
“ प्रहरीको सङ्ख्या कम छ, चौकी, पोष्टमा चाहिनेजति खटाउन सकिएको छैन्”, प्रहरी नायव उपरीक्षक ऐन बहादुर मल्ल भन्छन्, “दरबन्दी प्रयाप्त छैन , काेहलपुरमा जनघनत्व बढि भएका कारण अहिलेकाे जनशक्तिले पुग्दैन् ।”

जनघनत्व र सेवा क्षेत्रकाे हिसावले कम्तिमा पनि १ सय ४० जना प्रहरीकाे दरवन्दी हुनुपर्ने इलाका प्रहरी कार्यालय काेहलपुरमा डि एस पि काे नेतृत्वमा १ सय ८ जना प्रहरी कार्यरत छन्। इलाका प्रहरी कार्यालय काेहलपुर अन्तर्गत १३ वटा अस्थायी पाेष्ट छन ।”स्थायी चाैकी आए मात्र प्रहरीको दरबन्दी थपिन्छ ,अहिले अस्थायी प्रहरी पाेष्टमा पनि आवश्यक जनशक्ति छैन ” प्रहरी निरिक्षक नव चन्द्र मल्लले भने। इलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मल्लले भने, “जसलाई धेरै खटाउनुपर्ने हो उहाँहरुकै दरबन्दी कम छ ।”काेहलपुरमा हाल काेहलपुर प्रहरी जिल्लाकै हाराहारीमा कामकाे चाप हुने गर्दछ।
काेहलपुर १३ वटा अस्थायी प्रहरी  चौकीमा मध्ये प्रायमा जनशक्तिकाे   अभाव छ। अस्थायी चाैकीमा थप दरबन्दी नदिने भएकाले पनि थप समस्या भएकाे प्रहरीकाे भनाई छ।। सीमित जनशक्तिबाट सबै इकाइको कार्यसम्पादनमा समस्या भइरहेको उनले बताए ।
आवश्यकता अनुसार जनशक्ति नथपिँदा सेवा प्रभावमा चुनौती थपिएको  छ ।

जनशक्ति अभाव संगै पुराना सवारी साधन र आवश्यक इन्धनकाे समेत अभाव रहेकाे प्रहरी उपरिक्षक मल्लकाे भनाई छ। हाल इलाका प्रहरी कार्यालय काेहलपुरमा पाँच वटा सवारीसाधन भए पनि चार वटा मात्र चालू अवस्थामा छन। “चालू अवस्थामा भएका मध्ये पनि धेरैजसाे मर्मत गर्नुपर्ने छन। प्रयाप्त वजेट नहुदा इन्धन तथा मर्मतमा समस्या छ ।” डि एस पि मल्लले भने। काेहलपुर धेरै जनघनत्व भएकाे ठाउँ र सेवा क्षेत्र पनि धेरै भएका कारण धेरै इन्धन आवश्यक पर्ने उनकाे भनाई छ। सिमित मात्रामा इन्धनकाे बजेट आउने र त्याे वजेट अपुग हुने भएकाले समस्या हुने गरेकाे डि एस पि मल्लकाे भनाई छ। उनले भने -“निर्वाचनकाे समयमा वढि मुमेन्ट हुने साथै अहिले डिजलकाे मूल्य समेत बृदि भएका कारणले समेत सवारीसाधन प्रयाेग गर्न अप्ठ्यारो छ। “


ताजा समाचार