जन पक्षीय निर्णय कार्यान्वयन गर्छाै – मेयरका उमेदवार भुषाल
सरला सुवेदी

बाँके । नेकपा एमालेका तर्फबाट काेहलपुर नगरपालिकाका मेयरकम उमेदवार खिल प्रसाद भुषालले जनताकाे पक्षमा भएका निर्णय गरेका कुरा लागू गर्ने बताएका छन।
नेकपा एमाले कोहलपुरले वडा नम्बर ५ को उदयनगर टोलमा घरदैलो , जेष्ठ नागरिक सम्मान कार्यकममा बाेल्दै भुषालले धेरै निर्णय गरेर थाेरै कार्यान्वयन गर्नुभन्दा थाेरै निर्णय गरेर सबै लागू गर्नुपर्नेमा जाेड दिए।
मेयर पदका उमेदवार भुषालले भने- ” धेरै बोल्ने , धेरै कुरा निर्णय गराउने तर कार्यान्वयन नहुने गरेकाे छ। म नगर प्रमुखमा विजयी भएमा कम निर्णय गर्ने तर निर्णय गरेका काम कुरा पुर्ण रुपमा कार्यान्वयन गराउने छु ”
नेकपा एमाले काेहलपुरले वडा वडामा पुगेर मतदातासंग भेटघाट तथा आफ्नाे पार्टीले जितेपछि काेहलपुरमा गर्ने कामहरुकाे प्रतिबद्दतासहित जनताकाे घरदैलाेमा गइरहेकाे छ।




