काेहलपुरमा मेयर पदका स्वतन्त्र उमेदवार शर्माले लिए उमेदवारी फिर्ता

काेहलपुर बाँके


नेपाली काग्रेसका काेहलपुरका नि वर्तमान सभापति बलराम शर्माले मेयर पदमा दिएकाे उमेदवरी फिर्ता लिएक छन।
पार्टीले काेहलपुरमा पुर्ण प्रसाद आचार्यलाई मेयर पदकाे उमेदवार बनाएपछि असन्तुष्ट हुँदै स्वतन्त्र उमेदवरी दिएका थिए। उमेदवारी फिर्ता गराउन केन्द्रीय स्तरका नेताहरु सक्रिय थिए।


शर्मालाई काग्रेसकाे तर्फबाट मेयरकाे टिकट नदिएपछि असन्तुष्ट पक्षले काग्रेसकाे काेहलपुर कार्यालयमा तालाबन्दी गरेका थिए।


शर्माले सामाजिक संजाल मार्फत उमेदबरी फिर्ता लिएकाे बताएका छन। उनले फेसबुकमा लेखेका छन-“उमेदवारी फिर्ता काेहलपुर नगर प्रमुखमा रहेको मेराे स्वतन्त्र उमेदवारी मैले फिर्ता लिएको छु ।आम जनताएवं कार्यकर्ता हरू मा नेपाली काँग्रेस का उमेदवार हरूलाइ जिताउनकाे लागि हार्दिक अपिल गर्दछु ।जय नेपाल”


ताजा समाचार