निरन्तर घरदैलाे अभियानमा उपमेयरका उमेदवार साेमति थारु
बाँसगढी,बर्दिया

नेपाली काग्रेस बाँसगढीले नगर भित्रका विभिन्न वडामा घरदैलो तथा उमेदवार परिचय कार्यक्रम गरिरहेकाे छ। हिजाे वडा न ७ मा घरदैलो तथा मतदाता भेटघाट सम्पन्न भएकाे नेपाली काग्रेस काँसगढी नगरपालिकाका उप मेयरका उमेदवार साेमति थारुले जानकारी दिइन।
“जनताकाे घर घरमा पुगेर जनताका कुरा सुन्ने र हाम्रा याेजनाहरु राख्ने गरेका छाै – काग्रेसबाट उप मेयरका उमेदवार थारुले भनेिन। उपमेयरका उमेदवार थारुका अनुसार सबै वडामा जनताले सकारात्मक कुरा गरेकाेले अहिले आफुहरु चुनाव जित्नेमा ढुक्क रहेकाे बताइन।
। जताको घरदैलोमै पुगेर आफ्ना प्रतिबद्धता सहित गरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन। स्थनीय जनताहरुको घरदैलोमा पुगेका नेतहरुले उहाँहरुको समस्या र गुनासाहरु सुन्नुका साथै निर्वाचित भएमा जनताका समस्याहरुलाई समाधान गर्न लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन।
थारु भाषाकी गायिका समेत रहेकी १ सय बढि गितहरुमा स्वर दिइसकेकी छन। थारु समुदायकाे बाक्लाे बस्ति रहेकाे बाँसगढी नगरपालिकामा अन्य उमेदवारकाे तुलनामा उपमेयरका उमेदवार थारु लाेकप्रिय छन।




