भरैयामा एमालेकाे घरदैलो

 

काेश खड्का

काेहलपुर

नेकपा एमाले वडा नम्बर १३ ले चरणबद्ध तरिकाले घरदैलो अभियानलाई तिब्रता दिएको छ । वडा अध्यक्ष पदका उमेदवार सहित नेकपा एमालेका नेता तथा कार्यकर्ता स्थानीयहरुसंगै आज वडाको भरैया गाउँमा घरदैलो कार्यक्रम गरिएको हो । जताको घरदैलोमै पुगेर आफ्ना प्रतिबद्धता सहित गरदैलो कार्यक्रमलाई तिब्र गतिमा अगाडि बडढाइएको छ । स्थनीय जनताहरुको घरदैलोमा पुगेका नेतहरुले उहाँहरुको सस्या र गुनासहरु सुन्नुका साथै निर्वाचित भए पछि समाधान गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।
जनताको घरदैलोमा पुग्दा उत्साहजनकरूपमा एमालेको पक्षमा जनलहर देखिएको छ । वडा नं. १३ लाई एमालेको लालकिल्लाका रूपमा स्थापित गर्दै अत्याधिक मतले आफुहरूले चुनाव जित्ने वडा अध्यक्ष पदका उम्मेदवार क. रूपसिङ डाँगीले बताउनुभएको छ ।
भौगोकि रुपमा बिकटता भएको वडा नम्बर १३ मा जनताका धेरै समस्याहरु रेको र समाधान गर्न केहि समय लाग्ने भएता पनि आफुहरुले निर्वाचित भएको खण्डमा ५ बर्षे कार्यकालमा सबै भुगोलमा पिच सडक र आधारभुत आबश्यकतालाई समाधन गर्ने बताएका छन त्सस्तै भरैया, खड्कबारमा मावन र बन्यजन्तुबिचको द्वन्द्वलाई न्यूनीकरण गर्नको लागि आफ्नो बिसेर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन
। जसका लागि वडा देखि मेयर सम्म आफुहरुको सरकार रहने आबश्यक रहेको हुदा सबै एमालेका उम्म्ेदवारलाई बिजयी बनाउपनि डाँगीले आग्रह गरे ।

सम्बन्धित समाचार