बाँसगढी वडा न. ९ माओमप्रकाश बलियो उम्मेदवार

 

आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनाव सरगर्मी बढ्दै गइरहेको छ । बाँसगढी नगरपालिका वडा न ९ मा वडा अध्यक्ष काे हुने चर्चाको विषय बनेको छ ।

बाँसगढी वडा नम्बर ९ मा नेपाली काँग्रेसबाट ५ जना वडा अध्यक्षको लागि आंकाक्षी बनेका छन् । जसमध्ये ओमप्रकाश पाैडेल बलियो उम्मेदवारको रुपमा चिनिन्छन् । उनका परिवारिक राजनीतिक पृष्ठभूमि नेपाली काँग्रेस नै हो । उनले सानैदेखि परिवाराट प्रेरित हुँदै पार्टीको राजनीतिक यात्रा सुरु गरेका थिए ।

उनले नेपाल विद्यार्थी संघको राजनीतिक यात्रा ने. बि .संघ त्रिभुवन मा बि ककाैराकाे इकाई अध्यक्ष ,
महेन्द्र बहुमुखी क्याम्पस ईकाई समिती सह सचिब ,  त्रिभुवन बिश्वबिद्धालय इकाई सदस्य हुँदै ने बि संघ बर्दिया सचिब भए। पाैडेल हाल नेपाली काङ्ग्रेस बाँसगढी नगर सचिब हुन।
बाँसगढी खानेपानी महासंघ को सचिब ,माछागढ खानेपानी उपभोत्ता समितिको अध्यक्ष लगाएतका विभिन्न सामाजिक कार्यमा सक्रिय पाैडेल काग्रेस लगाएत अन्य पार्टी बिच पनि लाेकप्रिय मानिन्छन।उनी शैक्षिक क्षेत्रदेखि सामाजिक क्षेत्र लगाएत बाँसगढी वडा न ९ मा बस्ने युवाहरुका विच निकै लोकप्रिय रहेका छन् । उनको मिजासीलो स्वभाव छ, उनी सबैसंग तत्काल भिज्न सक्ने र हरेक क्षेत्रमा नेतृत्व गर्न सक्ने युवा नेता हुन् ।

शिक्षा, स्वास्थ्य, कृषी, खानेपानी, पूर्वाधार, विद्युत, सडक लगायतका विभिन्न क्षेत्रमा आमुल परिवर्तन ल्याउने सोचका साथ अहिले वडा अध्यक्षको आंकाक्षी देखिएका हुन् ।


आफ्नाे उमेदवरीकाे बारेमा पाैडेल भन्छन ,” बाँसगढि वडा नम्बर ९ को समग्र विकास र समृद्धिका लागि अध्यक्ष पदमा आंकाक्षी छु । विगत लामो समयदेखि वडामा भएका समस्या र त्यसको उपायको बारेमा म विज्ञ छु । किनभने वडा नम्बर ९ का जनताहरुसंग प्रत्यक्ष रुपमा सामाजिक काममा होस्, वा विकास निर्माणको काम होस्, वा आर्थिक तथा भौतिक रुपमा सहयोग होस्, वा अन्य कुनै क्षेत्रमा काम पर्दा निकट भएर काम गरेको छु ।”

 

 

सम्बन्धित समाचार