एमालेबाट  काेहलपुर नगरपालिकाकाे प्रमुखमा  खिल प्रसाद भुसाल र उप प्रमुखमा  अस्मिता थारु

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिले बाँकेको एक उपमहानगर सहित एक नगरपालिका छ गाँउपालिकाको उम्मेदवार चयन गरेको छ ।      नेकपा एमालेका  अनुसार काेहलपुर नगरपालिकाकाे प्रमुखमा  खिल प्रसाद भुसाल र उप प्रमुखमा  अस्मिता थारु, नेपालगञ्ज उपमहानगरको प्रमुखमा पशुपति दयाल मिश्रा,उपमेयरमा शान्ति ढकाल लाई चयन गरेको छ ।

यसैगरी बैजनाथ गाँउपालिका अध्यक्षमा घननाथ खनाल उपाध्यक्षमा प्रेमपुर्णा योगी,राप्तीसोनारीमा अध्यक्षमा रामदास थारु,उपाध्यक्षमा चमेली बाकबल,खजुरा गाँउपालिका अध्यक्षमा सुमन मल्ल,उपाध्यक्षमा नजिरा बेगम,जानकी गाँउपालिकामा अध्यक्षमा हेमन्सु यादव,उपाध्यक्षमा भुमिसरा धिताल,डुडुवा गाँउपालिका अध्यक्षमा सरोज कुमारी यादव उपाध्यक्षमा सकिल खाँ,नरैनापुर गाँउपालिका अध्यक्षमा पदमावती यादव उपाध्यक्षमा राम कुमार दिक्षित लाई उम्मेदवार चयन गरिएको एमाले श्रोत ले जनायको छ ।

सम्बन्धित समाचार