लाइन्स क्लब अफ काेहलपुर कस्तुरीकाे अध्यक्षमा न्याैपाने

लाइन्स क्लब अफ काेहलपुर कस्तुरीकाे अध्यक्षमा अन्जु न्याैपाने निर्वाचित हुनुभएको छ ।

मंगलबार काेहलपुरमा भएकाे एक कार्यक्रमका बिच न्याैपानेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिकाे प्रथम उपाध्यक्षमा ला. बिनाेद भट्टराई , द्धितीय उपाध्यक्षमा ला.प्रकाश खड्का,सचिवमा ला. ऋषिराम न्याैपाने चयन हुनुभएकाे क्लवमा बर्तमान अध्यक्ष ला.संगिता सुवेदीले जानकारी दिनुभयो ।

नयाँ कार्यसमितिमा ला.पवित्रा ढकाल सदस्य संयाेजक,ला.दिप नारायण श्रेष्ठ एल.सि.आर.एफ.प्रमुख, ला.वालिका शर्मा कार्ययाेजना प्रमुख, ला.प्रदिप कडेल सुचना संयाेजक तथा ला.भुपेन्द्र काफ्ले क्लब निर्देशकमा चयन हुनुभएकाे वर्तमान अध्यक्ष सुवेदीले जानकारी दिनुभयाे।

सम्बन्धित समाचार