संगठनकाे केन्द्रीय उप महासचिवमा पन्थी र केन्द्रीय सदस्यमा सुवेदी निर्वाचित

बिनाेद भट्टराई
काेहलपुर,चैत्र–२९

नेपाल राष्ट्रिय शिक्षक संगठनकाे केन्द्रीय उप महासचिवमा एकदेव पन्थीलाई निर्वाचित भएका छन।


काठमाडौमा भर्खरै सम्पन्न १३ आै केन्द्रीय अधिवेशनले जन ज्ञान ज्याेति माध्यमिक विद्यालय काेहलपुरमा कार्यरत पन्थीलाई उप महासचिव पदमा निर्विरोध निर्वाचित गरेकाे हाे।

 


संगठनकाे दुई कार्यकाल बाँके जिल्ला अध्यक्ष र अघिल्लाे केन्द्रीय समितिमा केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज समेत रहेका पन्थी कुसल संगठकका रुपमा शिक्षकमाझ परिचित छन।

 

यसैगरी अधिवेशनले संगठनका नि वर्तमान बाँके जिल्ला अध्यक्ष वामदेव सुवेदी केन्दिय सदस्यमा निर्विराेध निर्वाचित भएका छन।
अधिवेशनले केन्द्रीय अध्यक्षमा विष्णु प्रसाद भण्डारी ,उपाध्यक्ष कमला थापा तथा महासचिव हंश बहादुर शाही लगाएत निर्वाचित। भएका छन।

सम्बन्धित समाचार