बाँसगढीको उपमेयरमा साेमति थारुकाे दाबी
बाँसगढि, २८ चैत्र । आगामी स्थानीय चुनावमा बर्दियाको बाँसगढि नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसबाट युवा नेतृ साेमति थारुले दावी गरेकी छन ।

नेपाली काग्रेस बाँसगढि नगर उप सभापति समेत रहेकी थारुले आफ्नो क्षेत्रका जनताको आग्रह र सुझावमा उम्मेदवारी दावी गरेकाे बताइन। थारुलेले राजनीतिमार्फत सामाजिक रुपान्तरण, समावेशिता, सहभागितामुलक लोकतन्त्र र समृद्धि सहितको विकासका लागि आफुले महत्वपुर्ण रहेकाे दावी गरिन।
आफु उपमेयरमा निर्वाचित भएमा गाउँ टोल र समाज गरी राष्ट्रको सेवा गर्ने पनि प्रतिबद्धता गरिन् । शिर्ष नेताहरुले पनि आफुलाई सल्लाह अनुसार आफु अघि बढीरहेको उनले दाबी छ। बैशाख ३० गते हुने स्थानीय चुनाव सभ्य र भव्य बनाउनमा आफु लागि पर्ने उनले बताइन् ।
फाेरम लाेकतान्त्रिककाे केन्द्रीय उप सभापति समेत भैसकेकी थारुले “आदिवासी थारु हमरे धर्ती पुत्र” लगाएत थारु भाषाका १ सय बढि गितहरुमा आवाज दिइसकेमी छन।

थारु समुदायकाे बाक्लाे बसाेबास रहेकाे बाँसगढी नगरपालिकामा गायिका समेत रहेकी थारु सबै समुदायविच लाेकप्रिय मानिन्छिन।




