शान्ति सुरक्षा र लागू पदार्थ नियन्त्रण कोहलपुर प्रहरीको प्राथमिकता – डि.एस.पि.मल्ल

                  इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख डि.एस. पि. ऐन बहादुर मल्लले शान्ति सुरक्षा र लागू पदार्थ नियन्त्रण कोहलपुर प्रहरीको प्रमुख प्राथमिकता रहेकाे बताएका छन।


इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुखकाेकाे रुपमा भर्खरै सरुवा भई आएका प्रमुख मल्लले पत्रकार संग परिचयात्मक कार्यक्रममा शान्ति सुरक्षा र लागू पदार्थ नियन्त्रण र सवारी दुर्घटना नियन्त्रणमा आफुले विशेष ध्यान दिने बताए।
प्रहरी प्रमुख मल्लले स्थानिय तहकाे चुनाव नजिकै आइरहेकाेले प्रहरीले चुनावलाई समेत ध्यान दिदै कोहलपुरको सुरक्षा ब्यवस्थालाई अझै मजबुत र प्रभावकारी बनाउने बताए।
डि.एस.पि. मल्लले भने ,”आफ्नो कार्यकालमा सक्दो शान्ति सुरक्षाको प्रत्याभूति दिने, पीडितले आफू न्याय पाएको आभास दिने गरि काम गर्ने प्रयास गर्नेछु।”
शान्ति शुरक्षा,लागू आषद नियन्त्रण र सवारी दुर्घटना नियन्त्रणमा स्थानीय सराेकार वाला निकायले पनि सहयाेग गर्नुपर्नेमा डिएसपि मल्ले जाेड दिए।


कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्,प्रेस चाैतारी बाँकेका अध्यक्ष दुर्गा राेकाय लगाएतकाे उपस्थिति रहेकाे थियाे।

 


ताजा समाचार