एमालेबाट काेहलपुर-१० काे वडा अध्यक्षका लागि रावतकाे नाम शिफारिस

काेहलपुर २७ चैत

आगामी बैशाख ३० गतेका लागि ताेकिएकाे स्थानीय निर्वाचनकम लागी नेकपा एमाले काेहलपुर नगरपालिका १० वडा समितिले अध्यक्षमा हेम कुमार रावतको एकल नाम शिफारिस गरेको छ ।

वडा कमिटिले अध्यक्षमा रावतसंगै वडा सदस्यहरुमा पम्फा शाहि , अन्जु परियार , जग्गु थारु र गाेरे बहादुर रावतकाे नाम शिफारिस गरेकाे वडा कमिटि अध्यक्ष मकर राेकायले जानकारी दिए। यो संगै रावतको एमालेकाे तर्फ बाट वडा अध्यक्षको टिकट पक्का भएको छ । १० नम्बर वडा समितिले बिवाद रहित तरिकाले वडा अध्यक्षमा रावतको मात्र नाम शिफारिस गरेपछि उनकाे टिकट लगभग पक्का भएको हो।

सरल र मिजासिला स्वभावका रावत वडाबासीहरु बिच लाेकप्रिय मानिन्छन।


ताजा समाचार