काेहलपुर नगर प्रमुखमा एमालेबाट तीन जनाकाे नाम शिफारिस
अनिता अधिकारी
नेकपा एमाले काेहलपुर नगरपालिकाको मेयर उम्मेदवारका लागि तीन जनाको नाम सिफारिश गरेको छ। एमाले काेहलपुर नगर कमिटीले आइतबार मेयर उम्मेदवारका लागि तिन जनाकाे नाम सिफारिश गरेको हो।

आज बसेको एमाले काेहलपुर नगर कमिटिकाे चाैथाे पुर्ण बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा काेहलपुर नगर प्रमुखका लागि बसन्ती अधिकारी,खिल प्रसाद भुषाल र गोपाल गिरीको नाम सिफारिस गरेको हो ।
अधिकारी र गिरी एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य हुन भने भुषाल एमाले काेहलपुर नगर अध्यक्ष हुन।

यस्तै एमाले काेहलपुर नगरले नगरको उपप्रमुखका लागि अनिता पौडेल, रेशम खत्री र अस्मिता थारुलाई सिफारिस गरिएको छ ।




