आज सार्वजनिक बिदा ,काेहलपुरका सामुदायिक विद्यालयहरुमा भने परीक्षा संचालन हुने

रामनवमी काे अवसरमा आज देशभर सार्वजनिक विदा दिएकाे भए पनि काेहलपुरकम सामुदायिक विद्यालयमा भने नियमित परीक्षा संचालन हुने भएकाे छ।


नेपाल सरकारले आज सार्बजनिक बिदा दिएको भएतापनि शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक भैसकेकाले आज चैत्र २७ गते ताेकियकै समयमा परीक्षा संचालन हुने काेहलपुर नगर शिक्षा शाखाले जनाएकाे छ।
समयतालिका अनुसार आज अनिवार्य अग्रेजी विषयकाे परीक्षा रहेकाे छ।
काेहलपुरका प्रायजसाे सामुदायिक विद्यालयहरुले सुचना जारी गर्दै आज रामनवमी काे दिन सार्वजनिक विदा परेता पनि नियमित रुपमा परीक्षा संचालन हुने उल्लेख छ।


ताजा समाचार