काेहलपुरमामा टाइफाइड विरुद्धकाे खाेप अभियान शुरु

 

काेहलपुर

बाँकेकाे काेहलपुरमामा टाइफाइड राेगविरुद्धकाे खाेप अभियान बुधबारदेखि शुरु भएकाे छ । अभियान २८ चैत्र सम्म सञ्चालन हुनेछ । १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खाेप दिइएकाे काेहलपुर नगर स्वास्थ्यका अधिकृत शाेभा अधिकारीले जानकारी दिइन । खाेप लगाउने बालबालिका विद्यालयमा बढी हुने भएकाले २०० भन्दा बढी विद्यार्थी भएकाे स्थानमा विद्यालयमै खाेप केन्द्र निर्धारण गरिएकाे कार्यालयले जनाएकाे छ ।

खाेप केन्द्रमा एक जना स्वास्थ्यकर्मीसहित, स्वयंसेविका र शिक्षक परिचालित भएका छन। १५ महिनादेखि १५ वर्षभित्रका करिब ३५ हजार बालबालिकाहरुलाई टाइफाइडविरुद्धकाे खाेप लगाउने लक्ष्य लिइएकाे अधिकृत अधिकारीले जानकारी दिइन।

खाेप अभियान अन्तर्गत काेहलपुरमा ४५ खाेप केन्द्र कायम गरिएकाे भए पनि प्रयाप्त मात्रमा खाेप आइनसकेकाले वडा न १ मा २ वटा र बाँकी वडामा १ /१ वटा खाेप केन्द्र मार्फत खाेप संचालन भइरहेकाे अधिकृत अधिकारीले जानकारी दिइन।


ताजा समाचार