काेहलपुरमा काग्रेसबाट उप प्रमुखमा संगिताकाे चर्चा

You sent

        आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनाव सरगर्मी बढ्दै गएको छ ।      कुन पार्टीले कसलाई कहाँ उम्मेदवार बनाउँछ भन्ने चासो उत्तिकै छ । सबै राजनितिक दलहरुमा विभिन्न पदमा धेरैजना आकाक्षी हुदा सम्वन्धित दललाई पनि निर्णयमा पुग्छ समस्या भएकाे पाइएकाे
छ।
 यसैबिच नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधि संगिता सुवेदीले आसन्न स्थानीय तहको निर्वाचनमा काेहलपुर नगरपालिका उप प्रमुख पदमा आफ्नो दाबी रहेकाे बताएकी छिन । हाल काेहलपुर उधाेग वाणिज्य संघकाे उपाध्यक्ष समेत रहेकी संगीता सुवेदी आसन्न स्थानीय तहको निर्वाचनमा उप प्रमुख पदमा आफ्नो दाबी रहने बताएकी हुन ।
               उधाेग वाणिज्य संघ काेहलपुरमा उपाध्यक्षमा भारी मतले विजयी भएकी सुवेदी राजनीति संगै समाजसेवामा सक्रिय रहेकी छिन। कोहलपुर जेसीस वर्ष २०१९ को अध्यक्ष समेत भैसकेकी सुवेदी हाल लाइन्स क्लव अफ काेहलपुर कस्तुरीकाे अध्यक्ष हुन। आसन्न स्थानिय निर्वाचनमा काेहलपुर नगरपालिकाकाे उप प्रमुखको टिकट पाएमा जित्ने दरिलो आधार रहेको उनी बताउछिन। कोहलपुर जेसीसहुँदै पार्टी राजनीतिमा आएकी उनको विभिन्न संघसंस्थामा समेत राम्रो पहिचान कमाउँदै नगरभित्र धेरै लोकप्रिय मानिन्छन् । कोहलपुरका जनताहरुलाई संकटको बेलामा खाद्यान्न, पौष्ठिक आहारा, प्राकृतिक अक्सिजन जोहो गरेका कारण पनि गरिब दुःखीहरुको माया पाउनेमा ढुक्क छन् । यति मात्रै होइन, कोरोना सन्त्रासका कारण धेरै नेताहरु घरभित्र थिए तर सुवेदी सुत्केरी महिलादेखि विपन्न बालबालिकाको घरसम्म पुगेको कोहलपुरका स्थानीयहरु बताउँछन् ।
           नेपाली काग्रेसबाट कोहलपुर नगरपालिकाको उपमेयरमा अहिलेसम्म पाँच जनाले दावी गरिरहेका छन् । जसमा संगिता सुवेदी, मिना सिग्देल, केश कुमारी वली, अञ्जना पाण्डे, द्रोपती वली रहेकाे बताइएकाे छ।

ताजा समाचार