बाँकेकाे राँझा र चिसापानीमा चालक तथा परिचालकहरुलाई ट्राफिक सचेतना कार्यक्रम
जिल्ला ट्राफिक कार्यालय बाँकेले आइतवार नेपालगंज -२० राँझा चोक स्थित व्यावसायिक चालक तथा परिचालकहरुलाई
ट्राफिक नियम सम्वन्धि जानकारी गराएकाे छ। उनिहरुलाई
.ट्राफिक प्रहरी पोष्ट गनापुरका ईन्चार्ज प्रहरी नायव निरिक्षक ओम प्रसाद पौडेलले सवारी साधनको क्षमता भन्दा बढी माल सामान लोड नगर्ने, सामान लोड गरिसके पश्चात त्रिपालले राम्रो संग छोप्ने तथा लेन अनुशासन लगाएतका विषयमा सचेतना गराएकाे जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएकाे छ।
त्यसैगरी आइतवारनै अस्थायी ट्राफिक पोष्ट चिसापानीका ईन्चार्ज प्र.ह.केशव राज जोशीले बैजनाथ गा.पा.१ सुर्खेत नेपालगंज स्थित चिसापानी बजारमा व्यावसायिक चालक ,परिचालक तथा सर्वसाधरणलाई ट्राफिक नियम पालना गर्न,निकुञ्ज क्षेत्रमा तिब्र गतिमा सवारी साधन नचलाउन र,सवारी साधन चलाउदा मोबाईल फोनको प्रयोग नगर्न अनुराेध गरेका थिए।उक्त अवसरमा तथा COVID-19 महामारी बाट बच्न मास्क बितरण गरिएकाे ट्राफिक कार्यालयले जनाएकाे छ।




