काेहलपुर नगरस्तरिय पाँचाै मेयर कप रनिङ शिल्डमा गाेर्खा युनाइटेड प्रथम

माध्यामिक विद्यालय स्तरीय प्रथम मेयर कप खेलकुद प्रतियोगिता–२०७८ को उपाधी गाेर्खा युनाइटेड पब्लिक स्कुलले हात पार्न सफल भएको छ । काेहलपुरनगरपालिकाको आयोजनामा सोमबारदेखि सुरु भई बुधबार समापन भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ३१ वटा विद्यालयको सहभागिता रहेकोमा गाेर्खा युनाइटेड प्रथम हुन सफल भएको हो । प्रतियाेगितामा त्रिभुवन मा वि दितिय र ग्रीन पिस मा वि ले तृतिय स्थान हासिल गरेका छन।
यसैगरी प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट खेलाडी कृष्ण मा वि का निराजन शाही र छात्रातर्फ उत्कृष्ट खेलाडी ग्रिन पिस मा विका तुलसा दमाई हुनुभएको छ ।
विजयी विद्यालय र खेलाडीहरुलाई काेहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत ,काेहलपुर नपरपालिका सामाजिक विकास समितिका संयाेजक नारायणी वली,काेहलपुर नगर खेलकुद विकास समितिका संयाेजक राजु तामाङ ,काेहलपुर नगर शिक्षा प्रमुख रविलाल मिजार लगायतले शिल्ड तथा पुस्कार वितरण गर्नुभयो ।प्रतियाेगिता कृष्ण माविको खेल मैदानमा भएको थियाे।
समापनमा काेहलपुर गरपालिकाका प्रमुख लुट बहादुर रावतले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै खेलकुदमा प्राथमिकता दिइएको बताउनुभयो । आगामी वर्ष छैटाै मेयरकप कृष्ण मा वि काैशिलानगरले संचालन गर्ने भएकाे छ।




