काेहलपुरमा मेयर कपकाे तयारी पूरा,२३  विद्यालयका ४ सय८२  विद्यार्थीको सहभागिता रहने

३० फाल्गुन २०७८

 बाँकेको  काेहलपुरमा पाँचाै अन्तर मा वि मेयर रनिङ शिल्ड खेलकूद  प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले  जानकारी दिएका छन।
काेहलपुर नगरपालिकाको आयोजना र क्रिसा,बाँकेकाे व्यवस्थापनमा हुने प्रतियोगितामा काेहलपुर नगर भित्रका  सामुदायिक र संस्थागत  गरी २३  विद्यालयका ४ सय८२  विद्यार्थीको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा ३० विद्यालयले नाम दर्ता गराएकाेमा २३ वटा विद्यालयले मात्र खेलाडी सहभागी गराउने  खेल संचालन तथा ब्यवस्थापन उप समिति सचिव दिनेश सिग्देलले जानकारी दिए।
भाेलि चैत्र १ गते विहान ७ बजे  ८ सय मिटर दाैड( छात्र/ छात्रा) , र बिहान ७:३० बजे लङजम्प र सटपटका खेलहरु हुने सचिवालयले जनाएकाे छ। मार्च पास र उद्घाटन भने दिउसाे २ बजे शुरु हुने छ।
प्रतियोगितालाई भब्य, सभ्य र व्यवस्थितरुपमा सम्पन्न गर्नका लागि काेहलपुर नगरपालिकाका प्रमुख  लुट बहादुर रावतको अध्यक्षतामा १ सय ७ सदस्यीय मूल आयमेजक  समिति, काेहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष राजु तामाङ्गकाे अध्यक्षतामा खेल संचालन तथा ब्यवस्थापन उप समिति  र विभिन्न ११ वटा उपसमिति गठन गरेर तयारी अगाडि बढाइएको प्रचार प्रसार उप समितिका संयाेजक बिनाेद भट्टराईले जानकारी दिए ।
काेहलपुर क्षेत्र संस्थागत विद्यालय संगठन (कृसा ) ले  संचालन तथा ब्यवस्थापनकाे जिम्मा लिएको पाँचाै काेहलपुर नगरस्तरिय मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियाेगिता  कृष्ण माध्यमिक विद्यालयकाे खेल मैदानमा संञ्चालन हुन लागेकाे छ।


ताजा समाचार