काेहलपुर नगरस्तरिय पाँचाै मेयरकप रनिङ्ग शिल्ड प्रतियाेगितामा १४ विधाका खेलहरु समावेश गरिने

बाँकेको कोहलपुर नगरपालिकाको आयोजनामा आगामी चैत्र १ गतेदेखि ३ गतेसम्म संचालन हुन लागेकाे पाँचाै अन्तर मा.वि मेयर कप रनिङ शिल्ड प्रतियोगितामा १४ बिधामा खेलहरु हुने भएका छन।
पाँचौ अन्तर मा वि मेयर कप रनिङ शिल्ड संचालन तथा ब्यवस्थापन उप समिति र माध्यमिक विद्यालयका खेल शिक्षक विच बिहीबार भएकाे छलफलमा १४ विधामा खेलहरु संचालन गर्ने निर्णय भएकाे सहायक फिल्ड मार्शल विरेन्द्र कुमार मल्लले जानकारी दिए।
प्रतियोगितामा ट्रयाक तर्फ १०० मिटर,२०० मिटर,४०० मिटर,८०० मिटर,१५०० मिटर र ३००० मिटर का दाैड छात्र र छात्राकाे लागि यसैगरी ४१०० मिटर र ४२०० मिटर छात्र तथा छात्रा रिले दाैड रहेका छन भने फिल्ड तर्फ छात्र र छात्राका लागि

लङ्जम्प,सटपट,जेभलिन,हाइजम्प र ट्रिपल जम्प साथै छात्र र छात्र भलिवल गरि १४ बिधामा खेलहरु हुने खेलकुद संचालन तथा ब्यवस्थापन समितिका सचिव दिनेश सिग्देलले जानकारी दिए।
बैठकमा यहि फाल्गुन २९ गते सांझ ५ बजेसम्म खेलाडीकाे विवरण सहित टिम दर्ता गरिसक्नु पर्ने निर्णय गरेकाे खेलकुद प्रतियाेगिता संचालन तथा ब्यवस्थापन उप समितिका सचिव सिग्देलले जानकारी दिए।
काेहलपुर क्षेत्र संस्थागत विद्यालय संगठन (कृसा ) ले संचालन तथा ब्यवस्थापनकाे जिम्मा लिएको पाँचाै काेहलपुर नगरस्तरिय मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियाेगिता कृष्ण माध्यमिक विद्यालयकाे खेल मैदानमा संञ्चालन हुन लागेकाे छ।

प्रतियाेगिता संचालन तथा ब्यवस्थापन उप समितिकाे बैठकले खेलकुदलाई ब्यवस्थित रुपमा संचालन गर्न विभिन्न उप समिति समेत गठन गरेकाे छ।
निजि तथा सामुदायिक विद्यालय गरी करिब ३५ वटा विद्यालयहरुको सहभागिता हुने काेहलपुर नगर शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारले जानकारी दिए।




