काेहलपुरकाे भरैयामा भाेली देखि उप-मेयर कप छात्रा क्रिकेट प्रतियाेगिता हुदै

 बाँकेकाे काेहलपुर नगरपालिकामा विधालय स्तरिय उप मेयरकप छात्रा  क्रिकेट प्रतियोगिता भाेली फाल्गुन २८ गतेदेखि  सञ्चालन हुने भएको छ ।
नगरपालिकाले हरेक वर्ष गर्दै आएको प्रतियोगिताअन्तर्गत यो चाैथाे संस्करण हो ।

काेहलपुर नगरपालिकाकाे आयाेजना तथा बाल शिक्षा आधारभूत विद्यालय भरैयाकाे संचालन तथा ब्यवस्थापन   हुने  प्रतियोगिता फाल्गुन ३० गतेसम्म संचालन हुने छ।प्रतियाेगितामा नगर भित्रका ५ बटा विद्यालयले टिम दर्ता गराएकाे बाल शिक्षा आधारभुत विद्यालय भरैयाका प्रधानाध्यापक टर्क बहादुर खत्रीले जानकारी दिए।

प्रतियोगिताका खेल बाल शिक्षा आधारभुत विद्यालय भरैयाकाे   खेल मैदान  सञ्चालन हुने प्रधानाध्यापक खत्रीले जानकारी दिए । उपमेयर कप विजेताले नगद सहित ट्रफि र प्रमाणपत्र पाउने प्रधानाध्यापक खत्रीले जानकारी दिए

नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको काेहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । महिला क्रिकेटकाे शुरुवात काेहलपुर बाट भएकाेले महिला क्रिकेटकाे माध्यमबाट काेहलपुरलाई चिनाउन र प्रतियोगिताले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा महिलालाई  क्रिकेटमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन  सहयोग मिल्ने विश्वास रहेको नगरउपप्रमुख सन्जु कुमारी चाैधरीले बताइन् ।


ताजा समाचार