काेहलपुरमा पाँचाै मेयरकप रनिङ्ग शिल्ड – फाल्गुन २९ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने
बाँकेको कोहलपुर नगरपालिकाको आयोजनामा आगामी चैत्र १ गतेदेखि ३ गतेसम्म संचालन हुन लागेकाे पाँचाै अन्तर मा.वि मेयर कप रनिङ शिल्ड प्रतियोगिता भाग लिने विद्यालयले यही फाल्गुन २९ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने भएकाे छ।

बुधबार काेहलपुर नगरस्तरिय मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियाेगिता संचालन तथा ब्यवस्थापन उप समितिकाे बैठकले यहि फाल्गुन २९ गते साझ ५ बजेसम्म खेलाडीकाे विवरण सहित टिम दर्ता गरिसक्नु पर्ने निर्णय गरेकाे खेलकुद प्रतियाेगिता संचालन तथा ब्यवस्थापन उप समितिका सचिव दिनेश सिग्देलले जानकारी दिए।
काेहलपुर क्षेत्र संस्थागत विद्यालय संगठन (कृसा ) ले संचालन तथा ब्यवस्थापनकाे जिम्मा लिएको पाँचाै काेहलपुर नगरस्तरिय मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियाेगिता कृष्ण माध्यमिक विद्यालयकाे खेल मैदानमा संञ्चालन हुन लागेकाे छ।
प्रतियाेगिता संचालन तथा ब्यवस्थापन उप समितिकाे बैठकले खेलकुदलाई ब्यवस्थित रुपमा संचालन गर्न विभिन्न उप समिति समेत गठन गरेकाे छ।
निजि तथा सामुदायिक विद्यालय गरी करिब ३८ वटा विद्यालयहरुको सहभागिता हुने मेयर कप प्रतियोगितामा छात्र/छात्रा दुवै तर्फ फिल्ड र ट्रयाकका एक सय मिटर ,पन्ध्र सय मिटर दौड, लङजम्प र भलिबल लगायतका खेलहरु समावेश गरिएका छन । याे वर्ष समय अभावका कारण कपर्दि र हाइजम्म खेलहरु भने समावेश नगरिने काेहलपुर नगर शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख मिजारले जानकारी दिए।




