काेहलपुरमा चैत्र १ देखि ३ गतेसम्म पाँचाै  मेयर कप रनिङ शिल्ड प्रतियोगिता  हुने


 बाँकेको कोहलपुर नगरपालिकाको आयोजनामा आगामी चैत्र १ गतेदेखि ३ गतेसमझ पाँचाै अन्तर मा.वि मेयर कप रनिङ शिल्ड प्रतियोगिता हुने भएकाे छ ।
काेहलपुर क्षेत्र संस्थागत विद्यालय संगठन (कृसा ) ले  संचालन तथा ब्यवस्थापनकाे जिम्मा लिएको खेलकुद प्रतियाेगिता  कृष्ण माध्यमिक विद्यालयकाे खेल मैदानमा संञ्चालन हुने कृसा  बाँकेका अध्यक्ष दिनेश सिग्देलले जानकारी दिए।

प्रतियोगिता संचालनका लागि नगर प्रमुखको अध्यक्षतामा   मुल समिति बनाइएको छ । त्यसै गरी कोहलपुर नगर शिक्षा,युवा तथा खेलकुद  शाखा प्रमुख  रविलाल मिजारकाे को संयोजकत्वमा १५  सदस्यीयय खेलकुद प्रतियाेगिता संचालन एवम व्यवस्थापन  उप  समिती गठन गरिएको छ ।साे उप समितिकाे सचिवमा कृसा बाँकेका अध्यक्ष दिनेश सिग्देललाई ताेकिएकाे शाखा प्रमुख मिजारले जानकारी दिए।

निजि तथा सामुदायिक विद्यालय गरी करिब ३८   वटा विद्यालयहरुको सहभागिता हुने मेयर कप प्रतियोगितामा  छात्र/छात्रा दुवै तर्फ फिल्ड र ट्रयाकका एक सय मिटर ,पन्ध्र सय मिटर दौड, लङजम्प र भलिबल लगायतका खेलहरु समावेश गरिएका छन । याे वर्ष समय अभावका कारण कपर्दि र हाइजम्म खेलहरु भने समावेश नगरिने काेहलपुर नगर शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख मिजारले जानकारी दिए।


प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन फागुन २४ गते मंगलबार बसेको  नगर प्रमुख लुट बहादुर रावत,नगर शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख मिजार तथा सामुदायिक र संस्थागत माध्यमिक विद्यालयका  प्रधानाध्यापकहरुकाे  बैठकले गाेरखा युनाइटेड स्कुलका संस्थापक केशर बहादुर आलेलाई फिल्ड मार्शल र कृष्ण माध्यमिक विद्यालयका विरेन्द्र मल्ललाई सहायक फिल्ड मार्शल ताेकेकाे छ।


ताजा समाचार