बाँके काग्रेसकाे सचिवमा “सन्जु बलियाे उमेदवार “

काेहलपुर, नेपाली कांग्रेस बाँकेको यही फागुन १९ गते हुन गइरहेको जिल्ला अधिवेशनमा सचिवमा एक महिला सहित चार जनाकाे उमेदवारी छ। काग्रेसकाे विधान अनुसार सचिव पदमा दुई जना निर्वाचित हुनेछन।
बाँके कांग्रेसका चर्चित युवाहरु सञ्जुकुमारी (थारु) चौधरी र रबिन्द्र बहादुर हमाल, सुधांशु कोइराला, टंक प्रसाद काफ्लेले (आशिष), सचिव पदमा उम्मेदवारी दिएका छन।
चौधरी र हमाल शेरबहादुर देउवा निकट संस्थापन समूहका हुन् भने काफ्ले र कोइराला संस्थापन इतर समुहका हुन।
सभापतिपछिकाे कार्यकारी सचिव पदमा कोहलपुर नगरपालिकाकी उप प्रमुख समेत रहेकी सन्जु कुमारी चाैधरी बलियाे उमेदवारकाे रुपमा देखिएकी छन।


व्यवस्थापन विषयमा स्नातकोत्तर गरिसकेकी उपप्रमुख थारु कार्यकर्तामा माझ लाेकप्रिय छन। उपप्रमुखका रुपमा काेहलपुरमा सरल प्रस्तुति र जनप्रिय कामका लागि जनतामाझ परिचित छन।
सचिव पदमा आफू निर्वाचित भएमा पार्टीमा निष्पक्ष भई काम गर्ने र पार्टीलाई विधि विधान अनुसार संचालन गरि पार्टी मजबुद बनाउन लागिपर्ने बताइन।

चाैधरी २०७४ सालको स्थानीय तहको निर्वाचन अन्तर्गत कोहलपुर नगरपालिकामा उपप्रमुखमा निर्वाचित भएकी थिइन् । उक्त निर्वाचनमा काग्रेसका तर्फबाट मेयर पदमा कांग्रेसका उम्मेदवार भानुभक्त भट्टराई पराजित हुँदा पनि उनी विजयी भएकी हुन् ।

 

 


ताजा समाचार