बाँकेमा विद्यार्थीलाई काेभिड-१९ विरुद्धको खाेप माघ १९ गतेबाट लगाइने

बाँकेमा बालबालिकालाई यहि माघकाे १९ र २० गते काेभिड-१९ विरुद्धको Moderna खाेप लगाइने भएकाे छ।
१२ देखि १७ बर्ष उमेर समुहका बालबालिकाहरुलाई काेभिड-१९ विरुद्धको खोप लगाउनको लागि बाँके जिल्लामा ६८,६४० डाेज Moderna खाेप आइपुगेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएकाे छ । जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार यहि माघ १९ र २० गते १२-१७ बर्ष उमेर समुहका बालबालिकाहरुलाई स्थानीय तह स्वास्थ्य शाखा मार्फत खोप सेवा प्रदान गरिने छ।

जनस्वास्थ्य कार्यालयले विद्यार्थी तथा अन्य बालबालिकालाई ताेकियकाे खाेप केन्द्रमा गई खाेप लगाउन अनुराेध गरेकाे छ।
१२ देखि १७ बर्ष उमेर समुहका विद्यार्थी २ सय वा साे भन्दा बढि भएमा साेही विद्यालयमा र २ सय भन्दा कम विद्यार्थी भएमा नजिककाे विद्यालयमा खाेप केन्द्र ताेकिने काेहलपुर नगर स्वास्थ्य शाखाका शाेभा अधिकारीले जानकारी दिनुभयाे।
Enter
Write to Anita Adhikari Bhattarai





