जितु नेपालकाे नयाँ चलचित्र  ‘ह्यारी कि प्यारी’

         हास्य कलाकार जितु नेपालले नयाँ चलचित्रको छायांकन शुरु गरेका छन।  जितुले आफु र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को छायांकन शुरु गरेका छन ।
छक्का पन्जाकाे टिम छाडेर जितुले नयाँ चलचित्रकाे काम अगाडि बढाएका हुन।

दिपकराज गिरी ,दिपाश्री निराैला लगाएतसंग मिलेर ‘छक्का पञ्जा, छ माया छपक्कै’ जस्ता   लोकप्रिय चलचित्र बनाएका जितुलाई अब बन्ने चलचित्रमा भने नयाँ टिमसित काम गर्दैछन । ‘जिरे खुर्सानी’पछि सानो पर्दामा ‘मुन्द्रेको कमेडी क्लब’बाट फर्किएका जितुका लागि याे चलचित्र महत्त्वपूर्ण रुपमा हेरिएकाे छ।


ताजा समाचार