प्रेस चौतारी बाँकेको नव निर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदभार सम्पन्न
प्रेस चौतारी बाँकेको नव निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण तथा पदभार शनिबार सम्पन्न भएको छ । गत पुस २८ गते सम्पन्न भएको ९ औ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शनिबार पदभार गराईएको हो ।
पुस २८ गते नेपालगञ्जमा सम्पन्न जिल्ला अधिवेशनले दुर्गा रोकायको अध्यक्षतामा २७ सास्यीय कार्यसमिति सर्वसम्मत गरेको थियो ।
शनिबार निर्वाचन समितिले औपचारिक कार्यक्रमको आयोजना गरि अध्यक्ष रोकायसहित उपाध्यक्ष विनोद भट्टराई, उपाध्यक्ष महिला रेजिना मल्ल, सचिव कमल डांगी, सहसचिव देवेन्द्रराज पौडेल र भगतराम थारु तथा कोषाध्यक्ष जियाउल मुस्तफा तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमाणपत्र समेत वितरण गरिएको हो।

प्रेस चौतारी नेपालका लुम्विनी प्रदेश सहइन्चार्ज रुद्र सुवेदीले नव निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुको सपथग्रहण गराएका थिए ।

यसैविच प्रेस चौतारी नेपाल बाँकेको नव निर्वाचित कार्यसमितिको पहिलाे बैठक शनिवार अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा नेपालगन्जमा बसेर विभिन्न निर्णय गरेको छ ।

बैठकले नवौं अधिबेशन सम्पन्न गर्न भुमिका निर्वाह गर्ने निवर्तमान कार्यसमिति, संगठनका अग्रज एवं सम्बन्धित सबै सरोकार पक्षहरुलाई धन्यवाद ज्ञापन गरेको छ । त्यसै गरि प्रेस चौतारी बाँकेका संस्थापक अध्यक्ष रेशम विरहीको नाममा रेशम विरही सृजनशिल पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको सचिव कमल डाँगीले जानकारी दिए ।
बैठकले संगठन सुदृधिकरण अभियान संचालन गर्दै प्रेस चौतारी बाँकेलाई जिल्ला कै अग्रणी पत्रकारहरुको संगठनका रुपमा स्थापित गर्ने गरि गतिविधी संचालन गर्ने निर्णय गरेको छ ।
बैठकले कोभिड संक्रमण दर बढ्दै गएको हुँदा उच्च सावधानी अपनाएर कार्य क्षेत्रमा खटिन हुन सम्पुर्ण बाँके जिल्लाका संचारकर्मीहरुमा अनुरोध गरेको छ




