काेहलपुरमा शिक्षकका लागि २ दिने ICT तालिम

                            काेहलपुर नगरपालिकाले काेहलपुर नगर भित्रका सामुदायिक विद्यालयका शिक्षकका लागि सुचना तथा प्रविधि तालिम आइतबारदेखि शुरु भएकाे छ।
                  काेहलपुर नगरपालिका प्रमख लुट बहादुर रावतले २ दिने ICT तालिमाकाे उद्घाटन गर्दै काेराेनाकाे कारण शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाे भन्दै बैकल्पिक माध्यमकाे पर्याेग गरेर विद्यालय बन्द रहदा पनि शिक्षक र विद्यार्थी जाेडिनु पर्ने बताउनु भयाे। विद्यार्थी घरमा बसेर पनि सिक्न सकुन भनेर याे तालिम संचालन गरेकाे नगर प्रमुख रावतले बताउनु भयाे।
             काेहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले विश्वमा ICT काे विकास द्रुत गतिमा अगाडि बढेकाे भन्दै काेभिडका कारणले विद्यालय बन्द रहदा पनि पढाई निरन्तरता दिन सजिलाे हाेस भनेर याे तालिम संचालन गर्न लागेकाे जानकारी दिनुभयाे।                           काेहलपुर नगरपालिका सामाजिक विकास समितिका संयाेजक नारायणी वलीले काेभिडले धेरै क्षेत्रमा असर पुर्याएकाे भए पनि धेरैजनालाई ICT संग जाेडिन सिकाएकाे बताउनु भयाे। उहाँले सबै शिक्षक शीत श्राेत साधन प्रयाप्त मात्रामा नभए पनि सिकाईलाई निरन्तरता दिनुपर्नेमा जाेड दिनुभएको ।उहाँको सबै शिक्षकले काेराेना विरुद्धको खाेप लगाएपनि १८ बर्ष तलका बालबालिकालाई पनि खाेप लगाउन पर्यास भइरहेकाे जानकारी दिनुभयो । काेहलपुर नगर शिक्षा प्रमुख रविलाल मिजारले विद्यालय बन्दरहेकाे अवस्थामा बैकल्पिक शिकाई सहजिकरण गर्न तालिम संचालन गरेकाे बताउनु भयाे।
           काेहलपुर नगर भित्रका सामुदायिक विद्यालयका १/१ जना शिक्षकलाई दुई दिनसम्म तालिम संचालन गरिने शाखा अधिकृत शिला गाैतमले जानकारी दिनुभयाे।
Seen by Binod Bhattarai
Enter
Write to Binod Bhattarai

ताजा समाचार