काेहलपुरमा मनाइयाे सहिद दिवस

प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज काेहलपुर शहीद दिवस मनाइएकाे छ ।
काेहलपुर नगरपलिका परिसरमा शहिदकाे फाेटाेमा काेहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले माल्यार्पण गर्नुभएकाे थियाे भने काेहलपुर नगर प्रहरीले सलामी अर्पण गरेका थिए।
कार्यक्रममा बाेल्दै नगर प्रमुख रावतले शहिदहरुले देशमा स्वतन्त्रताका लागि आफ्नाे ज्यान बलिदान गरेकाे भन्दै शहिदकाे बलिदानका कारण अहिले सबै नागरिक स्वतन्त्र हुन पाएकाे र देश विकास भएकाे बताउनु भयाे। उहाँले भुपि सेरचनकाे कविता स्मरण गर्दै देश शहिदहरुकाे वलिदानीले स्वतन्त्र भएकाे भन्दै देशलाई सबै मिलेर अझ राम्रो बनाउनु पर्नेमा जाेड दिनुभयाे।
कार्यक्रममा काेहलपुर नगरपालिका नगर कार्यपालिका सदस्य भीम नेपाली , काेहलपुर नगरपालिका शाखा अधिकृत अग्नी आचार्य लगाएतकाे उपस्थिति रहेकाे थियाे।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।


ताजा समाचार