काेहलपुरमा जोखिम व्यवस्थापन तालिम सम्पन्न

कोहलपुर नगरपालिकाले एक दिने विपद जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेकाे छ।
तालिम कार्यक्रममा काेहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले तालिमले विपतकाे वेला क्षति न्युनिकरणमा सहयाेग पुग्ने बताए।
नगरपालिकाका प्रशाकीय अधिकृत टिकाराम ढकालले भुकम्प बाहेक अन्य विपद्का घटनालाई विज्ञान प्रविधिले जानकारी दिने भएको हुनाले त्यसको न्यूनिकरण गर्नका लागि सो तालिम दिएको बताए ।
काेहलपर नगरपालिका ,वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख पुरुषोत्तम पोख्ररेलले तत्काल उद्धारमा सहयोग पुग्ने गरी आज तालिम दिन लागेको बताए । तालिम लिएको र नलिएको व्यक्तिमा धेरै फरक हुन्छ उनले भने त्यसैले विपद् जोखिम व्यवस्थापन अभ्यास तालिम दिएको छ ।
प्रशिक्षक गोविन्द प्रसाद वाग्लेले र सशस्त्र प्रहरीकाे टिमले विभिन्न विषयमा तालिम दिएका थिए।

 

 

सम्बन्धित समाचार