एमाले बाँकेकाे अध्यक्षमा बिसी सहित करिव आधा दर्जनकाे दावी

बाँके । नेकपा एमाले बाँकेको अधिवेशन नजिकिदै गर्दा नेतृत्वमा दावी गर्नेहरु बढ्न थालेका छन् । कम्युनिष्ट आन्दोलनको उर्बरभूमि मानिने बाँकेको अध्यक्षमा डिल्ली बि.सी. सहित आधा दर्जनले अध्यक्षका लागि दाबी गरेका छन् ।
एमालेले पुस २३ गते देशव्यापी रुपमा जिल्ला अधिवेशन गर्दै छ । बिसी ०४७ सालमा तत्कालिन मालेको टोल कमिटी सदस्य भएर कम्युनिष्ट आन्दोलनमा लागेका थिए ।
सल्यानबाट विस्थापित भएपछि काठमाडौँ पुगेका डिल्ली २०५७ सालमा नेकपा एमाले सल्यान काठमाडौ सम्पर्क मञ्चको सचिव भएर काम गरेका थिए । लामाे समय पत्रकारीता गरेका वि सी अहिले एमालेकाे राजनीतिमा सक्रिय छन।एमाले केन्द्रीय प्रचार बिभाग सदस्य भैसकेका बि .सी. हाल एमाले बाँकेकाे प्रचार बिभाग संयाेजक हुन।
लामाे समयसम्म राजनीति गरे पनि हालसम्म कुनै अबसर नपाएका वि सी पार्टीलाई गतिशील बनाउने आफुले बाँके अध्यक्षका दावी गरेकाे बताए।
बाँकेमा एमाले अध्यक्षकाे लागि बि सी, रत्न खत्री, निरक गुरुङ ,किस्मत कुमार कक्षपति सहित करिव आधा दर्जनकाे दावी छ।







