पूर्व प्र.अ.बस्यालद्वारा विद्यार्थीलाई न्यानाे कपडा वितरण
काेहलपुर: काेहलपुर नगरपालिका-११ स्थित ज्ञान ज्याेति माध्यमिक विद्यालयका अति विपन्न विद्यार्थीलाई न्यानाे कपडा वितरण गरिएकाे छ । विद्यालयका पुर्व प्र.अ. मिना कुमारी बस्यालकाे ब्यक्तिगत सहयाेगमा बिहिवार विद्यालयका १९ जना विद्यार्थीलाई जाडोमा लगाउने कपडा स्विटर वितरण गरिएको हो
पुर्व प्र अ बस्यालले आफ्नाे खर्च जोगाएर विद्यार्थीलाई सहयाेग गरेकाे बताउनुभयाे । उहाँले समय समयमा विद्यार्थीलाई विभिन्न खाले सहयाेग गर्दै आउनुभएकाे विद्यालयका शिक्षक तिलक विसीले जानकारी दिनुभयाे ।विद्यालयका प्र.अ. गाेमा चालिसेले यस विद्यालयका विद्यार्थीलाई पुर्व प्र.अ. बस्यालले गरेकाे सहयोगकाे लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि विद्यालयकाे शैक्षिक तथा भाैतिक विकासमा सल्लाह र सहयोगकाे अपेक्षा गर्नुभयो । काेहलपुर १० निवासी बस्याल ज्ञान ज्याेति मा. वि. बगियामा २०५० सालदेखि २०५७ सालसम्म प्र.अ.काे जिम्मेवारी समाल्नुभएकाे थियाे।




