शिक्षक महासंघका निवर्तमान अध्यक्ष थापा एमाले केन्द्रीय सदस्यकाे उमेदवार

काेहलपुर। नेकपा (एमाले)को दशौँ महाधिवेशनमा शिक्षक नेता बावुराम थापाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनकाे पुर्व केन्द्रीय अध्यक्ष तथा शिक्षक महासंघका निवर्तमान अध्यक्ष थापा कुसल नेतृत्वकर्ताका रुपमा चिनिनुहुन्छ। उहाँ नेकपा एमालेमा अविछिन्न क्रियाशिल व्यक्तित्वका रुपमा रहनुभएको छ।

हाल पेशागत महासंघका अध्यक्ष समेत रहनुभएका थापा उमेर हदका कारण शिक्षण पेशाबाट निबृत भएपछि पार्टीको राजनीतिमा सक्रिय हुनुहुन्छ ।
नेकपा विभाजनको बेला संस्थापन पक्षमा खुलेर लाग्नु भएका थापा नेपाली शिक्षकबिच अत्यन्तै लाेकप्रिय हुनुहुन्छ । नेपाली कम्युनिष्ट आन्दोलनमा निरन्तर चार दशक लामो सक्रिय राजनीतिमा रहनुभएका थापासँगै पाटी काम गरेका सहकर्मी अहिले पार्टीको केन्द्रीय पदाधिकारी भईसकेका छन् । आफ्ना मुद्दाहरुमा खराे रुपमा प्रस्तुत हुने थापा अहिले केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्ने बताउनुभएको छ ।
पार्टिलाई थप मजबुद बनाउन पार्टीका विचारहरुलाई जनतासमक्ष प्रभावकारी रुपमा प्रस्तुत गर्ने ब्यक्ति नेतृत्वमा आउन आवश्यक रहेकाे बताउने थापा आफुले केन्द्रीय कमिटी सदस्यमा उम्मेदवार घोषणा गरेको उहाँले बताउनुभयो ।


ताजा समाचार

error: Content is protected !!