माओवादी केन्द्र काेहलपुरमा १३ वटा वडामा नयाँ कार्यसमिति चयन

काेहलपुर
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) कोहलपुर नगरपालिका भित्रका १३ वटा वडामा नयाँ वडा समिति चयन गर्दै वडा सम्मेलन सम्पन्न भएकाे छ ।
पार्टीको केन्द्रीय निर्देशन वमाेजिम शनिबार सबै वडा सम्मेलन सम्पन हुनुपर्नेमा काेहलपुर मा वडा न ७ र १५ भने आज वडा सम्मेलन हुन नसकेको पार्टीका लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्याैपानेले जानकारी दिए। वडामा ताेकिएका प्रमुख अतिथिकाे ब्यस्थताका कारण ती वडाहरुमा आज वडा सम्मेलन हुन नसकेकाे प्रदेश सदस्य न्याैपानेले बताए।बाँकी रहेका वडाकाे वडा सम्मेलन भाेली आइतबार सम्पन्न गरिने उनले जानकारी दिए। आज चयन भएका नयाँ वडा अध्यक्षहमा

वडा न. १ मा अमर चन्द ,वडा न. २ मा अमर बि.क. ,वडा न. ३ मा प्रभा बुढा ,वडा न. ४ मा नरेश अर्याल , वडा न. ५ मा भुपराज भण्डारी ,वडा न. ६ मा रामशरण थारु ,वडा न. ८ मा चन्द्र बुढा ,वडा न. ९ मा ओपेन्द्र नाथ योगी ,वडा न. १० मा भुपेन्द्र सुनार ,वडा न. ११ मा रेशम सापकोटा ,वडा न. १२ मा निरक शाही ,वडा न. १३मा मन बहादुर खड्का र वडा न. १४ मा बासु शर्मा अध्यमा चएन भएका छन।

सम्बन्धित समाचार