प्रेस चौतारी बाँकेको अधिवेशन पुष २८ गते

­

प्रेस चौतारी बाँकेको ९ औं जिल्ला अधिवेशन यहि पुष २८ गते हुने भएको छ । जिल्ला अध्यक्ष हेमन्त वि.क.को अध्यक्षतामा शनिबार नेपालगञ्जमा बसेको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।बैठकले अधिवेशन भन्दा अगाडी सम्पूर्ण सदस्यहरुको नविकरण गराइसक्नुपर्ने निर्णय समेत गरेको छ । चौतारीको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ ।अधिवेशन भब्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएकाे प्रेस चाैतारी बाँकेका उपाध्यक्ष बिनाेद भट्टराईले जानकारी दिए।

बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यहरु रुद्र सुवेदी, गोविन्द शर्मा, भेषराज बस्नेत, ठाकुरसिंह थारु, रुपा गहतराज, केन्द्रीय सल्लाहकार शिव डोटेल, डिल्ली बिसी, अछरी पोखरेललगायतले विभिन्न सल्लाह र सुझाव दिएका थिए ।

यसैबीच प्रेस चौतारी बाँकेले नेकपा एमालेका नव निर्वाचित केन्द्रीय सदस्यहरुको स्वागत तथा सम्मान गरेको छ । केन्द्रीय सदस्य मो. हारुन, शान्ति ढकाल, दिपा शर्मा, पशुपतिदयाल मिश्रको सम्मान गरिएको प्रेस चौतारी बाँकेका उपाध्यक्ष भट्टराईले जानकारी दिए ।


ताजा समाचार