नेपालगन्जका डा.श्याम सुन्दर यादव १२औं तहमा बढुवा

काेहलपुर
भेरी अस्पताल नेपालगञ्ज बाँकेमा कार्यरत प्रमुख कन्सल्ट्यान्ट सर्जन तथा पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. श्याम सुन्दर यादव नेपाल सरकार स्वास्थ्य सेवा तर्फ १२ औं तहमा ( विशिष्ट श्रेणी) बढुवा  भएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२औं तह (प्रमुख विशेषज्ञ)मा डा श्यामसुन्दर यादव सहित डा भिमसिंह टिंकरी र गुणराज लोहनी पनि बढुवा भएका हुन। आज बसेको मन्त्री परिषद बैठकले यादव सहित टिंकरी र लाेहनीलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय श्राेतले जानकारी दिएकाे छ।
गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियाे। सिफारिस समितिले पहिलो नम्बरमा बाँकेकाे भेरी अस्पतालका डा श्यामसुन्दर यादवकाे नाम सिफारिस गरेकाे थियाे भने दोस्रो नम्बरमा व्यवस्थापन महाशाखाका निर्देशक डा भिमसिंह टिंकरी, तेस्रो नम्बरमा पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा श्रीकृष्ण श्रेष्ठ, चौंथो नम्बरमा प्रसूति गृहकी निर्देशक डा संगिता मिश्र र पाँचौ नम्बरमा मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख डा गुणराज लोहनीकाे नाम १२औं तहका लागि सिफारिस गरेकाे थियाे।
मन्त्रिपरिषदले पाँचजनामध्ये डा.यादवसहित तीन जनालाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेकाे हाे।


ताजा समाचार

error: Content is protected !!