नेपाली कांग्रेस बाँकेका वडातहमा नेतृत्व छान्न मतदान शुरु

काेहलपुर। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज कार्तिक २८ गते बाँकेका विभिन्न वडाहरुमा नेतृत्व छनाैटका लागि मतदान शुरु भएकाे छ।
केही वडामा भने सर्वसम्मत नेतृत्व चयन भएकाे नेपाली कांग्रेस बाँकेले जनाएकाे छ। सर्वसम्मत हुन नसकेका वडाहरुमा आज मतदान भैरहेकाे छ। बाँकेको वडादेखि जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँ/नगर, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछ।


नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारण बाँके लगाएतका जिल्लाहरुमा वडा अधिवेशनमा ढिलाई भएकाे थियाे। पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशन अधिकांश जिल्लामा भने सम्पन्न भइसकेको छ।

वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहने कांग्रेस विधानको व्यवस्था छ । वडा अधिवेशनबाट वडा कमिटी चयनका हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । सबैभन्दा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।
बाँकेमा आज कात्तिक २८ गते (आइतबार) बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान र मतदान पश्चात गणना तथा मत परिणाम घोषणा गरिनेछ।

कांग्रेसको संशोधित विधान अनुसार क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् भने निर्वाचन क्षेत्र (प्रदेश र प्रतिनिधिसभा) कमिटी चयनका लागि मतदाता हुन् ।

केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने भएकाले कांग्रेसमा वडा अधिवेशनलाई निकै महत्वका साथ हेरिन्छ ।


ताजा समाचार

error: Content is protected !!