काेहलपुरबाट भ्रमणमा गएकाे बस नारायणगढमा दुर्घटना,यात्रुहरु सकुसल
काेहलपुरबाट भ्रमणमा गएकाे बस नारायणगढमा दुर्घटना,यात्रुहरु सकुसल
चितवनको नारायणगढस्थित लायन्सचोकमा बाँकेको कोहलपुरबाट गएकाे बस दुर्घटनामा परेकाे छ।
काेहलपुरबाट मगर समाजकाे देउसीभैलो अवलोकन भ्रमण गर्न सौराहाबाट फर्कदै गर्दा भे२ख २८३२ नम्बरको बस दुर्घटनामा परेको हाे । सो बसले म्याजिक र ट्याम्पोलाई ठक्कर दिएर लायन्सचोकको खाेलामा खसेको थियाे। प्रहरी र स्थानीयले उद्धार कार्य भएकाे जनाइएकाेछ । उक्त बसमा सवार एक जना सामान्य घाइते भएकाे बाँकीकाे अबस्था सामान्य रहेकाे नारायणगढ बाट बिमल लम्सालले जानकारी दिए। प्रहरीले गाडी र गाडी चालकलाई नियन्त्रणमा लिएकाे छ।




