जनगणना सफल बनाउन काेहलपुरमा प्रभातफेरी
कोहलपुर नगरपालिकाले राष्ट्रिय जनगणना, २०७८ लाई सफल बनाउनका लागि मंगलबार प्रभातफेरी सम्पन्न

गरेको छ ।
कोहलपुर नगर शिक्षा शाखा कार्यालयबाट शुरु भएकाे प्रभातफेरी चौराहा, न्युराेड चाेक, साँझा चोक हुँदै कोहलपुर नगरसभाको हलमा कोण सभामा परिणत भएको थियो । सो कोण सभालाई सम्बाेधन गर्दै काेहलपुर नगरपालिकाक नगर प्रमुख लुट बहादुर रावतले ररकोहलपुर नगरपालिका भित्र राष्ट्रिय जनगणना २०७८ भव्य रुपमा सम्पन्न गर्नका लागि स्थानिय तहका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, समाजसेवी, उद्योगि व्यवसायी लगाएत सबैलाईअनुरोध गरेका छन् ।
नगर प्रमुख रावतले गणकहरुले डाटा लिँदा वास्तविक डाटाहरु लिनुपर्ने र गणकहरुले काम गर्दा आउने समस्याहरु वडाका जनप्रतिनिधिहरुले जिम्मेवारपूर्ण तरिकारले समाधान गर्न निर्देशन दिँदै कोहलपुर नगरपालिकाले आवश्यक सहजिकरण गर्ने बताएका छन् । राज्यको नीति निर्माण गर्नका लागि जनगणना आवश्यक हुने भएले सत्य तथ्य र यथार्थ डाटा आउनुपर्नेमा नगर प्रमुख रावतले जाेड दिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अपांग महासंघ कोहलपुरका अध्यक्ष दयाराम अधिकारीले राष्ट्रिय जनगणना गर्दा अपांगता भएका व्यक्तिहरुको विवरण छुटाउन नहुने बताउँदै नेपाल सरकारले १० प्रकारका अपांगतालाई चार श्रेणीमा विभाजन गरेकाले सोहि अनुसार गणकहरुले अपांगता भएका व्यक्तिहरुको विवरण संकलन गर्नुपर्ने बताएका छन् । विगतमा जनगणना गर्दा अपांगता भएको व्यक्तिहरुको पूर्ण विवरण संकलन हुन नसकेकोले यस वर्ष राष्ट्रिय जनगणनामा अपांगता भएको व्यक्तिहरुको तथ्यपूर्ण विवरण कोहलपुर नगर भित्र आउने विश्वास व्यक्त गरेका छन् । प्रभातफेरीमा शिक्षक,विद्यार्थी ,सुपरिवेक्षक,गणक लगाएतकाे सहभागीता रहेकाे थियाे।
कोहलपुर र बैजनाथमा संयुक्त रुपमा ४१ हजार एक सय ३६ घर परिवारको जनगणना गरिने कोहलपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत रबिलाल मिजारले जानकारी दिए

। कोहलपुर नगरपालिका भित्र २४ हजार ३ सय ८५ घर परिवार संख्या रहेको प्रारम्भिक डाटा संकलनबाट प्राप्त भएको उनले बताएका छन् । कोहलपुर र बैजनाथमा जनगणनाका लागि ४५ जना सुपरिवेक्षक र १ सय ९६ जना गणकले काम गरिरहेको उनले बताएका छन् ।
‘मेरो गणना, मेरो सहभागिता’ नारासहित यही कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १२ औँ राष्ट्रिय जनगणना२०७८ सम्पन्न हुँदैछ । नेपालमा सर्वप्रथम वि.स. १९६८ सालमा शुरु भएको हो । प्रत्येक दश–दश वर्षमा गरिने जनगणना यसअघि २०६८ सालमा गरिएको थियो । राष्ट्रिय जनगणना, २०७८ मा सोधिने प्रश्नावलीमा घर, घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सार्वजनिक गरिसकेको छ ।




