बाढी र डुबानबाट प्रभावित किसानलाई जीवन ज्याेती स्कुलकाे खाद्यान्न सहयाेग

अनिता अधिकारी

काेहलपुरमा रहेकाे जीवन ज्याेति स्कुलले बेमाैसमी बाढि तथा डुवानबाट प्रभावितहरुका लागि खाद्यान्न सहयाेग गरेकाे छ।
उक्त स्कुललले  माइति नेपाल मार्फत बाढी तथा डुवान  पिडितका लागी खाद्यान्न सहयाेग गरेकाे हाे।

स्कुलले १ सय  बाेरा चामल सहयाेग गरेकाे उक्त स्कुलका लेखा प्रमुख कल्याण तिमिल्सिनाले जानकारी दिए।
उक्त सामाग्रीहरु माइति नेपाल लुम्बिनी प्रदेशका संयाेजक केशब काेइरालालाई स्कुलका प्रिन्सिपल फा.जाेमन जेम्सले हस्तान्तरण गरेका थिए।
स्कुलबाट सहयोग स्वरुप प्राप्त खाद्यान्न कैलाली र कन्चनपुरका बाढी पिडित घर परिवारलाई सहयाेग गरिने संयाेजक काेइरालाले जानकारी दिए।
स्कुलले गत शुक्रबार बर्दियाकाे राजापुर क्षेत्रका डुवान पिडित किसानलाई पनि  सय ५० बाेरा चामल सहयाेग गरेकाे स्कुलका प्रिन्सिपल जेम्सले बताए। राजापुरका विभिन्न गाँउका एक सय घर परिवारलाई प्रति परिवार १ बाेला चामल बितरण गरेकाे उनले जानकारी दिए। राजापुरमा स्कुलका प्रिन्सिपल ,शिक्षक अभिभावक संघका पदाधिकारीहरुकै प्रत्यक्ष सहभागीतामा राहत बितरण गरिएकाे लेखा प्रमुख तिमिल्सिनाले जानकारी दिए।


ताजा समाचार