के.सी.काे अध्यक्षतामा ‘काेहलपुर नगर शिक्षक समिति’ गठन

 

कोहलपुर ।

कोहलपुर नगरपालिकाबाट तलब,भत्ता पाउने शिक्षकहरुकाे भेलाबाट “काेहलपुर नगर शिक्षक समिति” गठन गरिएकाे छ।


बिहिबार प्रथम काेहलपुर नगर शिक्षक भेलाबाट बिष्णु केसीको अध्यक्षतामा ७ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ। साे समितिकाे उपाध्यक्षमा त्रिभुवन मा.वि.काेहलपुरमा कार्यरत अनिता थापा, सचिवमा सिदार्थ मा वि,रझेनामा कार्यरत भविश्वर पाण्डे, कोषाध्यक्षमा जन ज्ञान ज्याेति मा वि काैशिलानगरमा कार्यरत दुर्गा देवी सिग्देल सर्वसम्मत चयन भएका छन् भने सदस्यहरुमा मित्र प्रसाद पोखरेल, रमेश विसी र लक्षुराम चौधरी चयन भएका छन् ।

भेलामा शिक्षक महासंघका,काेहलपुरका अध्यक्ष रामप्रसाद चाँपागाई , काेहलपुर नगर शिक्षक तदर्थ समितिका संयोजक केशव सिग्देल, शिक्षक संघका नगर अध्यक्ष दिपक मल्ल, नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष निम प्रकाश थापा लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित समाचार