अनेम संघ(समाजवादी) बाँकेको अध्यक्षमा ओली

नेपालगन्ज : नेकपा(एकिकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ(समाजवादी) बाँकेको अध्यक्षमा नारायणी ओली चयन भएकी छन् । नेपालगन्जमा भएकाे जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनलाई जिल्ला अध्यक्ष चयन गरिएको हो ।
संघको सचिवमा बसन्ता शर्मा चयन भएकी छन । भगवती अधिकारीकाे अध्यक्षतामा भएकाे  उक्त कार्यक्रमलाई नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष एवं भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, बाँके जिल्ला अध्यक्ष अशोक कोइराला ,केन्द्रीय  सदस्य अब्दुल हुसेन खान , अनेम संघ समाजबादीका उपाध्यक्ष राजेन्द्र लक्ष्मी गैरे  लगायतले सम्बोधन गरेका थिए ।


ताजा समाचार