एमाले काेहलपुर १० काे वडा अधिवेशन : ज्येष्ठ नागरिकलाई सम्मान

 काेहलपुर

नेकपा एमाले काेहलपुर नगरपालिका भित्रका वडाहरूमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । नगरपालिका भित्रका १५ वटै वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले काेहलपुर नगर कमिटीका सचिव रेशम खत्रीले जानकारी दिए ।
यसैबिच काेहलपुर नगरपालिका वडा न १० मा वडा अधिवेशनकाे अवसर पारेर ७० बर्ष माथिका ५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएकाे छ। वडा कमिटिले ७४ बर्षिय अम्मरे राेकाय, ७९ बर्षिय हरी सिग्देल,७१ बर्षिय हरि बहादुर लम्साल र गाेपाल प्रसाद श्रेष्ठलाई सम्मान गरिएकाे एमालेका निबर्तमान वडा सचिवनन्दलाल पाैडेलले जानकारी दिए।
एमाले काेहलपुर १० मा मकर राेकायकाे २१ सदस्यीय वडा कमिटि चयन गरिएकाे नव निर्वाचित वडा सचिव हिम प्रसाद पराजुलीले जानकारी दिए।शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर एकसाथ वडा अधिवेशनको उद्घाटन गरेका थिए ।


ताजा समाचार