जिल्ला ट्राफिक प्रहरी बाँकेकाे प्रमुखमा मल्ल

काेहलपुर,असोज ५ ।

वडा प्रहरी कार्यालय नेपालगन्जको इन्चार्जको रुपमा सफलतापुर्बक जिम्मेवारी बहन गर्नुभएका प्रहरी निरीक्षक ऐन बहादुर मल्लको जिल्ला ट्राफिक प्रमुखको रूपमा बाँकेमा सरुवा भएको छ । मल्लले नेपालगन्ज सहित इलाका प्रहरी कार्यालय खजुराखुद्रको इन्चार्जको रूपमा समेय जिम्मेवारी निर्बाह गरेका कारण बाँकेको ट्राफिक समस्या र यसको समाधानका बारेमा नजिकबाट बुझ्नु भएको छ । पोखरामा ट्राफिक प्रमुखको रूपमा मल्लले सफलतापुर्बक जिम्मेवारी बहन गर्नुभएको थियो । उत्कृष्ट ट्राफिक ब्यवस्थापन गरेकाे भन्दै पाेखरामा मल्ललाई गण्डकी प्रदेशका तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सम्मान गर्नुभएको थियाे।नेपाल प्रहरीमा मल्ल दक्ष अनुसन्धान अधिकृतको रूपमा परिचित हुनुहुन्छ ।


ताजा समाचार

error: Content is protected !!