अखिल क्रान्तिकारीको बाँके अध्यक्षमा क्षेत्री

नेपालगन्ज,

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेको अध्यक्षमा डिल्ली क्षेत्री चयन भएका छन् ।

मंगलबार बाँकेकाे नेपालगन्जमा सम्पन्न २६ औँ जिल्ला सम्मेलनले क्षेत्रिको नेतृत्वमा १९ सदस्य जिल्ला समिती निर्वाचित गरेको संगठनका नि बर्तमान जिल्ला अध्यक्ष डि.वि.शाहीले जानकारी दिए।

यसैगरी उपाध्यक्षमा राकेश दाहाल, सचिवमा जीवन बोगटी र कोषाध्यक्षमा अमृता घर्तिलाई निर्वाचित गरेको हो । त्यस्तै सदस्यहरुमा कमल अधिकारी, किशोर शाही, सुन्देवी शाही, सागरसेन पौडेल, पदम बोगटी, कमल बस्याल, कर्म बहादुर बोहोरा, शिर्जना शाही, कोपिला बुढा लगायतका सदस्यहरु निर्वाचित गरेको संगठनका नवनिर्वाचित अध्यक्ष डिल्ली क्षेत्रीले जानकारी दिए ।

उनले अबका दिनमा बाँके जिल्लामा व्याप्त रुपमा देखिएको शैक्षिक दलालीकरण, ब्यापारीकरणका बिरुद्ध संघर्ष केन्द्रित हुने बताए । साथै उनले सामुदायिक, संस्थागत र प्राविधिक शिक्षाको क्षेत्र भित्र देखिएका विकृति र विसंगतिको समाधानको लागी निरन्तर लागी पर्ने बताए।

सम्बन्धित समाचार