काेहलपुर १० काे वडा सभापतिमा भट्टराईको उमेदवारी घोषणा

काेहलपुर १० काे वडा सभापतिमा भट्टराईको उम्मेद्वारी घोषणा

काेहलपुर/नेपाली काँग्रेसको १४ औं महाधिवेशको मिति नजिकिदै गर्दा पार्टीका वडातहबाट उम्मेद्वारी घोषणा गर्ने क्रम बढिरहेकाे छ ।

यसै क्रममा नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं १० को वडा सभापतिका लागी मेघनाथ भट्टराईले पनि उम्मेद्वारी घोषणा गरेका छन् । हाल वडा न. १० काे उपसभापति रहेका भट्टराईले सामाजिक सञ्जाल माफर्त अनौपचारिक रुपमा वडा सभापतिका लागी उम्मेद्वारी घोषणा गरेका हुन ।
पार्टीको नीति,बिचार र सिद्धान्तलाई जनताका बिचमा लिएर पार्टीलाई बलियो र अग्रगामि बनाउनका लागि आफुले सभापतिमा उम्मेद्वारी दिएको बताएका छन्।
लामाे समय नेपाली काग्रेशमा सक्रिय रहेका भट्टराईले पार्टी लाई विधि ,विधान अनुसार चलाउने र पार्टी क्रियाशिल बनाउने बताएका छन् । पार्टीका क्रियाशिल सदस्यहरुलाई मतदान गरी बिजय गराईदिन अनुरोध समेत भट्टराईले आग्रह गरेका छन् ।
यसअघिनै वर्तमान वडा सचिव सन्ताेष पाैडेलले पनि वडा न. १० काे सभापतिमा उमेदवारी घाेषणा गरिसकेका छन।


ताजा समाचार

error: Content is protected !!