नेपालगन्जकाे तेजनगरमा टाेल सुधार समिति गठन

नेपालगन्ज वडा न १८ तेज नगरमा टाेललाई ब्यवस्थित गर्ने उद्देश्यले तेजनगर टाेल सुधार समिति गठन गरिएकाे छ।
आइतबार भएकाे तेज नगर टाेलकाे भेलाले सुर्य बहादुर के.सी. काे अध्यक्षतामा ११ सदस्यीय टाेल सुधार समिति गठन गरिएकाे हाे।
समितिकाे उपाध्यक्षमा पद्मा शाह,सचिव हेम राज सुवेदी ,सह सचिवमा रवीन्द्र शाही र काेषाध्यक्षमा नेत्र ज्ञवाली रहेका छन।
उक्त टाेलमा पानिकाे निकास नहुदा बर्षादकाे समयमा डुवानमा पर्ने गरेकाेले नाली सहितकाे पक्की सडक बनाउन पहल गर्न समेत नवगठित टाेल सुधार समितिलाई टाेल भेलाले जिम्मा दिएकाे छ। भेलामा वाटाे छेउमा निर्माण सामाग्री राख्दा दुर्घटनाको जाेखिम बडेकाे भन्दै सडक छेउमा निर्माण सामाग्री नराख्न भेलाले टाेलवासीलाई आग्रह गरेकाे समितिका सदस्य शालिकराम पाैडेलले जानकारी दिए।
भेलाले जित बहादुर शाहकाे संयाेजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेकाे छ।


ताजा समाचार

error: Content is protected !!