काेहलपुरमा पुन: काेराेना संक्रमितकाे संख्या बढ्दाे क्रममा

सचेत रहन प्र जि अ काे आग्रह

काेहलपुर

पछिल्लाे समय स्वास्थ्य मापदण्ड पालना नगर्दा बाँकेकाे काेहलपुर क्षेत्रमा काेराेना सङक्रमण दर बढ्दै गैरहेकाे छ । निषेधाज्ञा खुकुलाे भएसँगै बाँकेमा काेराेना परीक्षण गर्नेहरू भने घटेका छन् । बाँकेकाे काेहलपुरमा मात्र आइतबार साझ थप ८ जना काेराेना संक्रमण पुष्टि भएकाे छ । आइतबार साँझ काे रिपाेर्ट अनुसार NGMC PCR ल्याबमा ३७ जनाको स्याम्पल जाँच गर्दा ११ जना (२९.७%) पोजेटिभ देखिएका छन जसमा कोहलपुरका मात्र ८ जना नयाँ काेराेना सङ्क्रमित थपिएका हुन् ।
साउन १२ गते बाँकेमा ४ जना नयाँ संक्रमित मध्ये काेहलपुरका मात्र ३ जना रहेका छन भने १ जना नेपालगन्जका हुन। यसैगरी साउन १४ गते बाँकेमा थप ९ जनामा काेराेना संक्रकण देखिएकाेमा काेहलपुरका मात्र ६ जना रहेकाे काेभिड फाेकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
साउन १५ गते बाँकेमा ४ जना नयाँ संक्रमित मध्ये काेहलपुरका मात्र ३ जना रहेका छन भने १ जना नेपालगन्ज रहेका छन। १६ गते ९ जन नयाँ संक्रमित मध्ये काेहलपुरका मात्र ६ जना, रहेकाे श्रेष्ठले जानकारी दिए।१७ गते दिउसाेकाे रिपाेर्टमा बाँकेमा ९ जनामा संक्रमण देखिएका मध्ये ३ जना काेहलपुरका छन भने साउन १७ गते साँझकाे रिपोर्ट अनुसार बाँकेका ११ जनामा काेराेना पाेजेटिभ देखिएकाेमा काेहलपुरका मात्र ८ जना रहेकाे श्रेष्ठले जानकारी दिए।जसमध्ये ५ जना काेहलपुर वडा न ११ का रहेका छन।
काेहलपुरमा अहिले ३७ जना हाेम आइसाेलेशनमा रहेकाे काेहलपुर नगर स्वास्थ्य शाखा प्रमुख शाेभा अधिकारीले जानकारी दिइन।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले काेहलपुर क्षेत्रमा काेराेरा संक्रमणकाे दर बढि देखिनु चिन्ताकाे विषय भएकाे बताउनु भयाे।यसरी नै संक्रमितकाे दर बढ्दै जाने हाे भने काेहलपुरकाे स्थिति पुन भयाभह हुनसक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयाे। प्र जि अ गेलालले यसबारेमा काेहलपुरका नगर प्रमुख,उप प्रमुख लगाएतसंग छलफल छलफल गर्ने बताउनु भयाे।
कोहलपुर क्षेत्रमा दैनिक PCR मा कोभिड केस बढदाे क्रममा रहेकोले समयमै साबधानिको उपाय अपनाउन काेभिड हिराे नरेश श्रेष्ठकाे सुझाव छ।

पहिलोपटक चीनको उहानमा सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड–१९ मानिसमा लागेको पुष्टि भएको थियो । त्यसपछि युरोप हुँदै अमेरिकामा फैलिएको रोग भारतपछि नेपालमा फैलिएको थियाे।


ताजा समाचार

error: Content is protected !!